नियम ११
लेखा र लेखा परीक्षण
११. लेखा र लेखा परीक्षण
(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) कोषको लेखा परीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत कोषको आय व्ययको लेखा, तत्सम्बन्धी कागजातहरू र अरू नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।